• Skip to Content
  • Sitemap
  • Advance Search
Energy & Environment

भारतको बढ्दो हरित पदचिह्न

Posted On: 24 OCT 2025 18:56 PM

जीएफआरए 2025 ले भारतलाई कुल वन क्षेत्रको मामिलामा विश्व स्तरमा नवौँ स्थानमा राखेको छ, शुद्ध वार्षिक वन क्षेत्र वृद्धिमा तेस्रो स्थानमा छ

 

एफएओले भारतलाई शीर्ष वैश्विक कार्बन सिङ्कमा पाँचौँ स्थानमा राखेको छ

 

मुख्य अंश

  • जीएफआरए 2025 अनुसार भारत कुल वन क्षेत्रफलको मामिलामा विश्व स्तरमा नवौँ स्थानमा पुगेको छ।
  • शुद्ध वार्षिक वन क्षेत्र वृद्धिको मामिलामा भारतले विश्वभरिमा तेस्रो स्थान कायम राखेको छ।
  • भारत शीर्ष वैश्विक कार्बन सिङ्कमा पाँचौँ स्थानमा छ, जहाँ यसको वनले 2021-2025 को अवधिमा प्रति वर्ष 150 मेट्रिक टन सीओ2 हटाउँछ।
  • कुल वैश्विक वन क्षेत्र लगभग 4.14 बिलियन हेक्टर छ, जसले पृथ्वीको लगभग 32% भू-भागलाई कवर गर्दछ।
  • शुद्ध वन हानिको वार्षिक दर 10.7 मिलियन हेक्टर (1990-2000) बाट घटेर 4.12 मिलियन हेक्टर (2015-2025) भएको छ।

परिचय:

खाद्य तथा कृषि सङ्गठन (एफएओ) द्वारा 22 अक्टोबर 2025 मा जारी गरिएको वैश्विक वन संसाधन आकलन (जीएफआरए) 2025 अनुसार, भारतले कुल वन क्षेत्रको मामिलामा विश्वभरिमा 9औँ स्थानमा पुगेर वैश्विक वन तथ्याङ्कमा एक महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ। अघिल्लो आकलनमा, भारत 10औँ स्थानमा थियो। भारतले वन क्षेत्रको वार्षिक शुद्ध लाभमा पनि वैश्विक स्तरमा आफ्नो तेस्रो स्थानलाई कायम राखेको छ।

एफएओ संयुक्त राष्ट्रको एक विशेष एजेन्सी हो जसले भोकमरीलाई समाप्त गर्न र वन सहित प्राकृतिक संसाधनहरूको सतत प्रबन्धनमा सुधार गर्न अन्तर्राष्ट्रिय प्रयासहरूको नेतृत्व गर्दछ। जीएफआरए विश्वका वनहरूको स्थितिको एफओएद्वारा गरिने आवधिक आकलन हो, जसले वन क्षेत्र, परिवर्तन, प्रबन्धन र प्रयोगमा व्यापक आँकड़ा प्रदान गर्दछ।

जीएफआरए 2025: वैश्विक सन्दर्भमा भारत

  • वैश्विक वन क्षेत्र: खाद्य तथा कृषि सङ्गठन (एफओए) द्वारा जारी गरिएको नवीनतम जीएफआरए 2025 अनुसार, विश्वको कुल वन क्षेत्र लगभग 4.14 अरब हेक्टर छ, जुन कुल भूमि क्षेत्रको लगभग 32% हो, जुन प्रति व्यक्ति लगभग 0.5 हेक्टर वन हो।
  • वैश्विक स्तरमा भारतमा लगभग 72,739 हजार हेक्टर वन क्षेत्र छ, जुन विश्वको कुल वन क्षेत्रको लगभग 2% हो।
  • युरोपमा सबैभन्दा ठूलो वन क्षेत्र छ, जुन विश्वको कुल वन क्षेत्रको 25 प्रतिशत हो। दक्षिण अमेरिकामा वनहरूको अनुपात सबैभन्दा अधिक छ, जुन कुल भूमि क्षेत्रको 49 प्रतिशत हो।
  • विश्वको आधाभन्दा अधिक (54 प्रतिशत) वन केवल पाँच देशहरू - रूसी सङ्घ, ब्राजिल, क्यानाडा, संयुक्त राज्य अमेरिका र चीनमा छ।

वैश्विक वन संसाधन आकलन (जीएफआरए)

वैश्विक वन संसाधन आकलन आधिकारिक राष्ट्रिय आँकड़ामा आधारित एक मात्र वैश्विक आकलन हो। एफआरएले वनका दुई व्यापक श्रेणीहरूको पहिचान गर्दछ: प्राकृतिक रूपमा पुनर्जीवित र रोपिएको। यी व्यापक श्रेणीहरू अन्तर्गत, यसले प्राथमिक वनहरू - जसमा केवल स्थानीय प्रजातिहरू पाइन्छन् - लाई प्राकृतिक रूपमा पुनर्जीवित वनहरूको एक उपश्रेणीको रूपमा पहिचान गर्दछ। रोपिएका वनहरूको उपश्रेणी अन्तर्गत, यसले रोपन वनहरू (उदाहरणका लागि, रबर) र अन्य रोपिएका वनहरू (यस्तो वन, जो रोपिएको छ, तर रोपनको मापदण्ड पूरा गर्दैन) को पहिचान गर्दछ।

रोपिएका वनहरूको विस्तारमा भारतको सफलता

  • बाँसको बगान: वैश्विक स्तरमा कुल बाँस संसाधन 30.1 मिलियन हेक्टर अनुमान गरिएको छ, जसमध्ये 21.2 मिलियन हेक्टर (70 प्रतिशत) एशियामा छ, जबकि भारतले 11.8 मिलियन हेक्टर क्षेत्र आगटेको छ। 1990 र 2025 को बीचमा बाँसको वनको वैश्विक क्षेत्रफल 8.05 मिलियन हेक्टरले बढेको छ, जसको मुख्य कारण चीन र भारतमा भएको वृद्धि हो।
  • रबरको बगान: 831 हजार हेक्टर रबरको बगानका साथ भारत विश्व स्तरमा पाँचौँ स्थानमा छ, जसले वैश्विक कुल 10.9 मिलियन हेक्टरमा योगदान दिन्छ।

भारतमा कृषि वानिकी

  • कृषि वानिकी क्षेत्र: भारत, इण्डोनेशियासँग मिलेर एशियाको कृषि वानिकी क्षेत्रको लगभग 100% ओगटेको छ, जुन कुल मिलाएर लगभग 39.3 मिलियन हेक्टर छ।
  • वैश्विक योगदान: भारत र इण्डोनेशियाले मिलेर वैश्विक कृषि वानिकी क्षेत्रको लगभग 70% योगदान गर्छन्, जुन लगभग 55.4 मिलियन हेक्टर छ।

वन फँड़ानी र शुद्ध परिवर्तन

  • भारतले 1990-2025 को अवधिमा वनहरूको वृद्धि दर्ता गरेको छ, जसमा वनीकरण प्रयासका कारण भएको क्षतिको तुलनामा विस्तार अधिक रहेको छ। यो केही देशहरूमा वन फँड़ानीमा कमी र केही अन्य देशहरूमा वन क्षेत्रको विस्तारको परिणाम हो।
  • भारतले वैश्विक काठ निष्कासनमा 9% योगदान दिन्छ, जुन 2023 सम्म विश्व स्तरमा दोस्रो स्थानमा छ।

काठ निष्कासन भनेको जङ्गलबाट काटिएको र हटाइएको काठको मात्रा हो। निष्कासन गोलो काठ वा इन्धन काठको उत्पादनको लागि हुन सक्छ।

वन उत्सर्जन र निष्कासनको रुझान 1990-2025 (एफएओ विश्लेषणात्मक संक्षिप्त विवरण)

वैश्विक परिदृश्य

  • 2025 को वन संसाधन आकलन अनुसार, विश्वको वन 2021-2025 को अवधिको क्रममा शुद्ध कार्बन सिङ्कको रूपमा कार्य गर्नेछ अनि वन भूमिमा प्रतिवर्ष 3.6 बिलियन टन कार्बन डाइअक्साइड (जीटी सीओ2) को सञ्चयन गर्नेछ।
  • 2021-2025 को अवधिमा, शुद्ध वन रूपान्तरण (वनहरूको फँड़ानीको एक प्रतिनिधि) को कारणले वैश्विक उत्सर्जन 2.8 जीटी सीओ2 थियो, जसले वन सिङ्क प्रभावलाई आंशिक रूपमा सन्तुलित बनायो।
  • परिणामस्वरूप, वन कार्बन भण्डारमा कुल मिलाएर वृद्धि भयो, जसले 2021-2025 को अवधिमा वायुमण्डलबाट प्रतिवर्ष 0.8 जीटी सीओ2 को निष्कासन भयो। एक दशक अघि यस्तो शुद्ध निष्कासन लगभग दुईगुणा (1.4 जीटी सीओ2) थियो।
  • 2021 र 2025 को बीचमा, युरोप र एशियामा वन कार्बन सिङ्क सबैभन्दा मजबुत थियो (क्रमशः 1.4 जीटी सीओ2 र 0.9 जीटी सीओ2 प्रति वर्ष हटाउँदै) ।

भारतका उपलब्धिहरू

  • भारत शीर्ष वैश्विक कार्बन सिङ्कमा पाँचौँ स्थानमा रह्यो, जहाँ यसका वनहरूले 2021-2025 को अवधिमा प्रति वर्ष 150 मेट्रिक टन सीओ2 हटायो।
  • भारत सहित एशियामा वन कार्बन निष्कासन 2021-2025 मा बढ़ेर 0.9 जीटी सीओ2 प्रति वर्ष भयो, जबकि वनहरूको फँड़ानीबाट हुने उत्सर्जनमा उल्लेखनीय रूपमा गिरावट आयो।

भारतको वन स्थिति र परिवर्तन

  1. कुल वन आवरण: इण्डिया स्टेट अफ् फरेस्ट रिपोर्ट (आईएसएफआर) 2023 अनुसार, भारतको कुल वन आवरण 7,15,343 वर्ग किलोमिटर छ, जुन देशको भौगोलिक क्षेत्रको 21.76% हो।
  2. सर्वाधिक वन क्षेत्र भएका शीर्ष राज्यहरू: क्षेत्रफलको हिसाबले सबैभन्दा अधिक वन क्षेत्र भएका शीर्ष तीन राज्यहरू मध्य प्रदेश (77,073 वर्ग किलोमिटर) हो, त्यसपछि अरुणाचल प्रदेश (65,882 वर्ग किलोमिटर) र छत्तीसगढ़ (55,812 वर्ग किलोमिटर) छन्।
  3. म्यानग्रोभ आवरण: भारतको म्यान्ग्रोभ आवरण लगभग 4,992 वर्ग किलोमिटर छ, जुन मुख्यतः अण्डमान तथा निकोबार द्वीर समूह, गुजरात, महाराष्ट्र र पश्चिम बङ्गालमा केन्द्रित छ।
  4. जैव विविधता र संरक्षित क्षेत्र: भारतमा 106 राष्ट्रिय निकुञ्ज, 573 वन्यजीव अभयारण्य, 115 संरक्षण रिजर्भ र 220 सामुदायिक रिजर्भ छन्, जसले विभिन्न प्रकारका वनस्पति र जीवजन्तुहरूको संरक्षण गर्दछन्।

वन क्षेत्र बढ़ाउनका लागि भारत सरकारका प्रमुख पहलहरू

1. बजेटीय आवन्टन

  • 2025-26 को बजेट: एमओईएफसीसीले 3,412.82 करोड़ रुपियाँ आवन्टन गरेको छ, जुन 2024-25 मा को संशोधित अनुमान 3,125.96 करोड़ रुपियाँभन्दा 9% अधिक हो।
  • राजस्व व्यय: 3,276.82 करोड़ रुपियाँ (कुल आवन्टनको 96%), जसले 8% को वृद्धिलाई दर्शाउँछ।

2. राष्ट्रिय हरित भारत मिशन (जीआईएम)

  • शुभारम्भ र उद्देश्य: जलवायु परिवर्तन सम्बन्धी राष्ट्रिय कार्य योजना (एनएपीसीसी) अन्तर्गत फरवरी 2014 मा शुरु गरिएको जीआईएमले वन र रूखको आवरण विस्तार गर्न, पारिस्थितिक प्रणालीलाई पुनर्स्थापित गर्न र जैव विविधता एवं कार्बन सिङ्कलाई बढ़ाउन खोजेको छ।
  • कभरेज लक्ष्य: 50 लाख हेक्टरसम्म वन र वनावरणको विस्तार र अन्य 50 लाख हेक्टर वन/गैर-वन भूमिमा कवरेजको गुणस्तर सुधार गर्ने लक्ष्य राखेको छ।
  • पारिस्थितिक प्रणाली र जीविकोपार्जन संवर्धन: जैव विविधता, जल र कार्बन भण्डारण जस्ता पारिस्थितिक प्रणाली सेवाहरूलाई बढ़ाउनमा ध्यान केन्द्रित गर्दछ, साथै लगभग 30 लाख वन-आश्रित परिवारहरूको जीविकोपार्जन आयलाई पनि बढ़ाउँछ।

3. राष्ट्रिय वनीकरण कार्यक्रम

  • उद्देश्य: देशमा क्षरित वन र आसपासका क्षेत्रहरूको पुनरुत्थान।
  • कार्यान्वयन: राज्य स्तरमा राज्य वन विकास एजेन्सी (एसएफडीए), वन प्रभाग स्तरमा वन विकास एजेन्सी (एफडीए) र ग्राम स्तरमा संयुक्त वन प्रबन्धन समितिहरू (जेएफएमसी) को त्रिस्तरीय संस्थागत व्यवस्थाको माध्यमद्वारा कार्यान्वयन गरिनेछ।
  1. मिशन लाइफ (पर्यावरणको लागि जीवनशैली)
  • संयुक्त राष्ट्र पर्यावरण सभाको प्रस्ताव: मिशन लाइफ (पर्यावरणको लागि जीवनशैली) का सिद्धान्तहरूमा आधारित सतत जीवनशैलीमा एक प्रस्ताव पारित गरिएको छ।
  • मेरीलाइफ पोर्टल: सतत जीवनशैलीका लागि व्यक्तिगत र सामूहिक कारबाहीलाई बढ़ावा दिन हेतु शुरु गरिएको छ।
  • एक पेड़ माँ के नाम पहल: बिरुवा रोपनलाई आफ्नी आमा वा मातृभूमिप्रतिको प्रेमसँग जोड़ेर प्रोत्साहित गर्ने एक भावनात्मक आह्वान।

वन आवरणको आँकड़ाले के दर्शाउँछ भने केही देशहरूमा वन फँड़ानीमा कमी र केही अन्य देशहरूमा वन क्षेत्रको विस्तारको माध्यमद्वारा विश्वले उल्लेखनीय प्रगति गरिरहेको छ। कुल वन क्षेत्रमा भारतको विश्व रूपमा नवौँ स्थानमा पुग्नु र शुद्ध वार्षिक वृद्धिमा तेस्रो स्थानमा कायम रहनुले के दर्शाउँछ भने एक मजबुत राष्ट्रिय प्रतिबद्धताले के हासिल गर्न सक्छ। वन आवरणको विस्तार गर्ने, सतत वानिकीलाई बढ़ावा दिने र जीआईएम जस्ता मिशनहरूलाई लागू गर्नमा भारतको निरन्तर प्रयासले पर्यावरणीय संरक्षण र वैश्विक जलवायु कारबाहीप्रतिको यसको प्रतिबद्धतालाई रेखाङ्कित गर्दछ।

सन्दर्भ:

पत्र सूचना कार्यालय:

  1. https://www.pib.gov.in/PressReleasePage.aspx?PRID=2181416
  2. https://www.pib.gov.in/PressReleasePage.aspx?PRID=1894898
  3. https://www.pib.gov.in/PressReleasePage.aspx?PRID=1941073
  4. https://www.pib.gov.in/PressReleasePage.aspx?PRID=2088477
  5. https://www.pib.gov.in/PressReleasePage.aspx?PRID=2086742
  6. https://www.pib.gov.in/PressReleasePage.aspx?PRID=2115836
  7. https://www.pib.gov.in/PressReleasePage.aspx?PRID=2107821
  8. https://www.pib.gov.in/PressReleasePage.aspx?PRID=2041462

पर्यावरण, वन तथा जलवायु परिवर्तन मन्त्रालय (एमओईएफसीसी), भारत सरकार:

  1. https://moef.gov.in/uploads/pdf-uploads/English_Annual_Report_2024-25.pdf
  2. https://moef.gov.in/green-india-mission-gim

विदेश मन्त्रालय:

 11. https://www.mea.gov.in/press-releases.htm?dtl%2F38161%2FThe_3rd_Voice_of_Global_South_Summit_2024

संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठन / वैश्विक वन तथ्याङ्क:

 12. https://www.fao.org/newsroom/detail/global-deforestation-slows--but-forests-remain-under-pressure--fao-report-shows/en
 13. https://www.fao.org/home/en/
 14. https://www.fao.org/forest-resources-assessment/en/
 15. https://openknowledge.fao.org/server/api/core/bitstreams/2dee6e93-1988-4659-aa89-30dd20b43b15/content/FRA-2025/forest-extent-and-change.html#forest-area
 16. https://openknowledge.fao.org/server/api/core/bitstreams/2dee6e93-1988-4659-aa89-30dd20b43b15/content/cd6709en.html
 17. https://openknowledge.fao.org/server/api/core/bitstreams/12322cae-5b20-4be2-927a-72a86fd319e9/content
 18. https://www.fao.org/4/ae352e/AE352E11.htm

 

*******

एमपीएस/टीडब्ल्यूबी

(Factsheet ID: 150438) Visitor Counter : 1


Provide suggestions / comments
Link mygov.in
National Portal Of India
STQC Certificate