Social Welfare
पीएम-एबीएचआईएम
महामारीको लागि तयार स्वास्थ्य सेवा पूर्वाधारको निर्माण
Posted On:
24 OCT 2025 2:30PM
मुख्य कुरा
- महामारीको तयारी र आपतकालीन प्रतिक्रियाका लागि भारतको स्वास्थ्य पूर्वाधारलाई मजबुत पार्न हेतु पीएम-एबीएचआईएमले 64,180 करोड रुपियाँ (2021-26) आवन्टन गरेको छ।
- अक्टोबर 2021 मा शुरु गरिएको यसले एएएम, प्रयोगशाला, क्रिटिकल केयर ब्लक र राष्ट्रव्यापी निगरानी प्रणालीहरू सहित प्राथमिक स्तरदेखि तृतीयक स्तरमा स्वास्थ्य सेवा सुविधाहरूको स्तरोन्नति गर्दछ।
- यो मिशनले सार्वभौमिक स्वास्थ्य कभरेज लक्ष्यहरूलाई अगाड़ि बढ़ाउँछ र एसडीजी-3 लक्ष्यहरू अनुरूप छ।
परिचय
कोविड-19 महामारीको समयमा सार्वजनिक स्वास्थ्य सेवाहरू - परीक्षण, मामिलाको पत्ता लगाउने, निगरानी, प्रकोप प्रबन्धन, गहन चिकित्सा र अन्यको अत्यधिक माग थिए। महामारीले भविष्यमा हुने प्रकोप, आपतकालिन स्थिति र बद्लिँदो सार्वजनिक स्वास्थ्य रुझानहरूको लागि प्रभावकारी प्रतिक्रिया सुनिश्चित गर्न हेतु प्राथमिक, द्वितीयक र तृतीयक स्तरमा भारतको स्वास्थ्य प्रणालीलाई सुदृढ़ पार्ने आवश्यकतालाई प्रकाश पारेको छ।
|
विश्व स्वास्थ्य सङ्गठनको महामारी सम्झौता
मई 2025 मा विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का सदस्य देशहरूले कोविड-19 को जवाबमा तीन वर्षको बातचितपछि विश्वको पहिलो महामारी सम्झौता अपनाए। यस सम्झौताको उद्देश्य महामारीबाट निपट्नेका उपायहरूलाई अझ अधिक न्यायसङ्गत बनाउने र रोकथाम, तयारी र प्रतिक्रियामा वैश्विक समन्वयलाई मजबुत पार्ने रहेको छ - ताकि खोप, निदान र उपचारहरूसम्म उचित पहुँच सुनिश्चित हुन सकोस्।
यस प्रस्तावमा कार्यान्वयनको दिशामा कदमहरूको रूपरेखा प्रस्तुत गरिएको छ, जसमा एक अन्तरसरकारी कार्य समूह (आईजीडब्ल्यूजी) को माध्यमद्वारा रोगजनक पहुँच र लाभ-साझाकरण (बीएबीएस) प्रणाली स्थापना गर्नका लागि एक अनुलग्नकको मस्यौदा तयार गर्ने सामेल छ। विश्व स्वास्थ्य सभाद्वारा स्वीकृत भएपछि र 60 देशहरूद्वारा अनुसमर्थित भएपछि यो सम्झौता लागू हुनेछ।
सदस्य राष्ट्रहरूले आईजीडब्ल्यूडीलाई महामारी रोकथाम, तयारी र प्रतिक्रियाको लागि समन्वय वित्तीय संयन्त्र र वैश्विक आपूर्ति शृङ्खला र रसद नेटवर्क (जीएससीएल) को स्थापनालाई सक्षम बनाउने पनि निर्देशन पनि दिए, ताकि महामारीको समयमा स्वास्थ्य उत्पादहरूमा समयमै र किफायती पहुँच सुनिश्चित हुन सकोस्। यो सम्झौता पछिल्लो वर्ष वैश्विक प्रकोपको पत्ता लगाउने र प्रतिक्रियालाई राम्रो बनाउनका लागि संशोधित अन्तर्राष्ट्रिय स्वास्थ्य विनियमहरूको पूरक हो।
|
25 अक्टोबर, 2021 मा शुरु गरिएको प्रधानमन्त्री आयुष्मान भारत स्वास्थ्य पूर्वाधार अभियान (पीएम-एबीएचआईएम) स्वास्थ्य, अनुसन्धान र निगरानीमा बुनियादी ढाँचामा केन्द्रित छ। 2021-26 को अवधिमा 64,180 करोड रुपियाँको निवेशका साथ यो योजनाले प्राथमिक स्वास्थ्य सेवा संस्थाहरूलाई विस्तार र सुदृढ़ीकरण, रोग निगरानी प्रणालीहरूको विस्तार, स्वास्थ्य अनुसन्धानलाई समर्थन गर्न र महामारी सम्बन्धी तयारीको निर्माण गर्नका लागि काम गर्दछ, साथै आयुष्मान आरोग्य मन्दिर, सार्वजनिक स्वास्थ्य प्रयोगशाला र गहन हेरचाह सुविधाहरूको निर्माणको माध्यमद्वारा भारतको सार्वभौमिक स्वास्थ्य कभरेज लक्ष्यहरूलाई अगाड़ि बढ़ाउँछ।
नीतिगत ढाँचा
पीएम-एबीएचआईएमले राष्ट्रिय स्वास्थ्य नीति 2017 मा आधारित र राष्ट्रिय स्वास्थ्य अभियान तथा आयुष्मान भारत योजनासँग मिलेर भारतको स्वास्थ्य प्रणालीलाई मजबुत बनाउँछ। तिनीहरू भारत सरकारका प्रमुख स्वास्थ्य पहलहरू हुन् अनि यद्यपि तिनीहरू अलग-अलग कार्यक्रमहरू भए तापनि तिनीहरूका आफ्ना लक्ष्यहरूमा एक-अर्कासित सम्बन्धित र पूरक छन्।
नीतिको आधार: राष्ट्रिय स्वास्थ्य नीति 2017
राष्ट्रिय स्वास्थ्य नीति 2017 ले सामुदायिक स्वास्थ्य प्रणालीको महत्त्वलाई जोड़ दिन्छ, जसमा स्थानीय स्वशासन र समुदाय-आधारित सङ्गठनहरूको सहयोगमा काम गर्ने प्रशिक्षित प्रथम प्रतिक्रियाकर्ताहरू सामेल छन्, जुन आपदा तयारी र सार्वजनिक स्वास्थ्य आपत स्थितिहरूको लागि अत्यन्त महत्त्वपूर्ण छन्।
राष्ट्रिय स्वास्थ्य मिशन - जसलाई 2005 मा शुरु गरिएको थियो- जसले कमजोर आबादीलाई सुलभ, किफायती र गुणस्तरीय स्वास्थ्य सेवाहरू प्रदान गर्नका लागि सामुदायिक स्वामित्व भएका र विकेन्द्रीकृत स्वास्थ्य प्रणालीहरू स्थापना गर्दछ। एनएचएमले मातृ तथा बाल स्वास्थ्य, रोग उन्मूलन तथा स्वास्थ्य सेवा पूर्वाधार सहित धेरै क्षेत्रहरूमा उल्लेखनीय प्रगति हासिल गरेको छ। मिशनका प्रयासहरू विशेष गरी कोविड-19 महामारीको समयमा भारतको स्वास्थ्य सुधारको लागि अभिन्न अङ्ग भएका छन्, अनि देशभरि अधिक सुलभ र गुणस्तरीय स्वास्थ्य सेवाहरू सुनिश्चित गर्नमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्।
राष्ट्रिय स्वास्थ्य मिशनले समुदाय-आधारित स्वास्थ्य सेवा वितरणको लागि आधार स्थापित गरेको भए पनि 2017 को राष्ट्रिय स्वास्थ्य नीतिले यी प्राथमिकताहरूलाई मजबुत बनायो र आयुष्मान भारत योजनाको माध्यमद्वारा अधिक विस्तारका लागि आधार तयार गर्यो, जसमा अहिले पीएम-एबीएचआईएम आधारित छ।
आयुष्मान भारत योजना
2018 मा शुरु गरिएको आयुष्मान भारत योजनाले चार प्रमुख स्तम्भहरूको माध्यमद्वारा प्राथमिक स्वास्थ्य सेवा वितरणलाई मजबुत गर्नका लागि एनएचएमको जगमा आधारित छ:
आयुष्मान भारत - प्रधानमन्त्री जन आरोग्य योजना (एबी-पीएमजेएवाई)
आयुष्मान आरोग्य मन्दिरहरू (एएएम)
आयुष्मान भारत डिजिटल मिशन (एबीडीएम)
पीएम-आयुष्मान भारत स्वास्थ्य पूर्वाधार मिशन (पीएम-एबीएचआईएम)

आयुष्मान भारतले प्राथमिक, द्वितीयक र तृतीयक तीनै स्तरमा गुणस्तरीय स्वास्थ्य सेवा सुलभ बनाउँछ।
पीएम-एबीएचआईएम: प्रमुख उद्देश्य र घटक
2021 मा शुरु गरिएको प्रधानमन्त्री-आयुष्मान भारत स्वास्थ्य पूर्वाधार मिशन (पीएम-एबीएचआईएम) भारतका सबैभन्दा ठूला अखिल राष्ट्रिय कार्यक्रमहरू मध्ये एक हो जसको उद्देश्य एक लचिलो, सुलभ र आत्मनिर्भर सार्वजनिक स्वास्थ्य प्रणाली विकास गर्नु हो।
यो मिशनले प्रत्येक जिल्लामा आयुष्मान आरोग्य मन्दिरहरू (एएएम), ब्लक जन स्वास्थ्य एकाइहरू, एकीकृत जिल्ला जन स्वास्थ्य प्रयोगशालाहरू र गहन चिकित्सा अस्पताल ब्लकहरूको स्थापना र उन्नयनको माध्यमद्वारा माध्यमिकदेखि जमिनी स्तरदेखि लिएर जिल्ला स्तरसम्म स्वास्थ्य बुनियादी ढाँचालाई मजबुत पार्नमा केन्द्रित छ। यी सुविधाहरूको उद्देश्य सेवा वितरणमा आउने कमीहरूलाई पूरा गर्ने र समुदायहरूको नजिक व्यापक प्राथमिक, द्वितीयक र गहन चिकित्सा सुनिश्चित गर्नु हो।
पीएम-एबीएचआईएम एक आईटी-सक्षम, वास्तविक-समय रोग निगरानी नेटवर्क विस्तार गरेर महामारी र आपदा तयारीहरूलाई पनि प्राथमिकता दिन्छ, जसले ब्लक, जिल्ला, क्षेत्रीय र राष्ट्रिय स्तरमा प्रयोगशालाहरूलाई एकीकृत गर्दछ ताकि प्रकोपहरूको प्रभावकारी ढङ्गमा पत्ता लगाउन सकिसोय्, जाँच गर्न सकियोस् र रोक्न सकियोस्।
यस अतिरिक्त, यसले मानव, जनावर र पर्यावरणीय स्वास्थ्यको परस्पर निर्भरतालाई मान्यता दिने एक स्वास्थ्य दृष्टिकोणलाई अगाडि बढाएर विशेष गरी कोविड-19 र अन्य सङ्क्रामक रोगहरूमा स्वास्थ्य अनुसन्धान र नवाचारलाई बढ़ावा दिँदछ।
यस मिशनको उद्देश्य झुग्गी-झोपड़ीहरूमा शहरी स्वास्थ्य तथा कल्याण केन्द्रहरू (एएएम) बनाएर अनि उप-केन्द्रहरूलाई एएएममा परिवर्तित गरेर शहरी र ग्रामीण दुवै क्षेत्रमा गम्भीर कमीहरूलाई समाप्त गर्नु हो।
सामूहिक रूपमा, पीएम-एबीएचआईएमले एक सुदृढ़ स्वास्थ्य पारिस्थितिकी प्रणालीको परिकल्पना गर्दछ, जुन भविष्यको स्वास्थ्य आपत स्थितिहरूको सामना गर्नमा सक्षम छ र साथै सबै नागरिकहरूको लागि समान र गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्दछ।

2030 सम्ममा सञ्चारी रोगहरूको महामारीलाई समाप्त गर्न सार्वभौमिक स्वास्थ्य कभरेज प्राप्त गर्ने र सबैका लागि सुरक्षित र किफायती औषधि तथा खोपहरूसम्म पहुँच प्रदान गर्ने सतत विकास लक्ष्य - 3 का केही लक्ष्यहरू हुन्। भारत सरकारले एसडीजीहरूलाई समर्थन गर्दछ।

पीएम-एबीएचआईएम: प्रमुख पहलहरू
पीएम-आयुष्मान भारत स्वास्थ्य पूर्वाधार अभियान (पीएम-एबीएचआईएम) ले आफ्नो केन्द्रीय प्रायोजित योजना (सीएसएस) घटक अन्तर्गत उल्लेखनीय प्रगति गरेको छ, जुन वित्त वर्ष 2021-22 देखि वित्त वर्ष 2025-26 दौरान सबै स्तरमा स्वास्थ्य पूर्वाधारलाई सुदृढ़ीकरणमा केन्द्रित छ।
नवीनतम आँकड़ा अनुसार, 17,788 भवनविहीन उप-स्वास्थ्य केन्द्रहरूलाई आयुष्मान आरोग्य मन्दिर (एएएम) मा उन्नत गर्न अनुमोदन गरिएको छ अनि झुग्गी-झोपड़ी र कम सुविधा भएका शहरी क्षेत्रहरूमा प्राथमिक स्वास्थ्य सेवाको विस्तार गर्नका लागि 11,024 शहरी एएएम (यू-एएएम) स्थापना गरिँदैछ। यस अतिरिक्त, ब्लक स्तरीय स्वास्थ्य प्रशासन तथा सेवा वितरणलाई बलियो बनाउनका लागि 3,382 ब्लक जन स्वास्थ्य एकाइहरू (बीपीएचयू) स्थापना गरिँदैछ, जबकि निदान र निगरानी क्षमताहरूलाई बढ़ाउनका लागि प्रत्येक जिल्लामा एक 730 एकीकृत जन स्वास्थ्य प्रयोगशालाहरू (आईपीएचएल) विकसित गरिँदैछ। तृतीयक हेरचाहलाई सुदृढ पार्नका लागि पाँच लाखभन्दा अधिक आबादी भएका जिल्लाहरूमा 602 क्रिटिकल केयर अस्पताल ब्लकहरू (सीसीबी) स्थापना गरिँदैछ।
यी पहलहरूका लागि राज्य र केन्द्र शासित प्रदेशहरूलाई कुल मिलाएर 32,928.82 करोड़ रुपियाँको प्रशासनिक स्वीकृति प्रदान गरिएको छ, जसमा 9,519 एएएम, 5,456 यू-एएएम, 2,151 बीपीएचयू, 744 आईपीएचएल, र 621 सीसीबी सामेल छन्। यी सबै प्रयासहरू मिलेर देशभरि समयमै र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नमा सक्षम एक लचिलो, विकेन्द्रीकृत र सुलभ सार्वजनिक स्वास्थ्य सञ्जाल निर्माण गर्ने दिशामा एक ठूलो कदम हो।
संसाधनहरूको आवन्टन
पीएम-एबीएचआईएम अन्तर्गत संसाधनहरूको आवन्टनको लित्तीय वर्षगत विभाजन (करोड़ रुपियाँमा) यस प्रकार छन्:
|
घटक प्रकार
|
2021-22
|
2022-23
|
2023-24
|
2024-25
|
2025-26
|
कुल
|
|
केन्द्र प्रायोजित योजना (सीएसएस)
|
|
केन्द्रीय शेयर
|
2412.91
|
3942.80
|
3361.67
|
4495.12
|
7914.89
|
22127.39
|
|
राज्य शेयर
|
1388.16
|
2276.34
|
1962.40
|
2655.64
|
4522.42
|
12804.95
|
|
15औँ वित्त आयोगको शेयर
|
2026.98
|
2965.34
|
4000.04
|
4743.88
|
5536.19
|
19272.43
|
|
सीएसएस घटकहरूको उप-योग
|
5828.04
|
9184.48
|
9324.11
|
11894.64
|
17973.50
|
54204.78
|
|
सीएस घटक
|
3327.92
|
1280.61
|
1691.69
|
1656.65
|
1382.89
|
9339.78
|
|
कुल योग
|
9155.97
|
10465.09
|
11015.80
|
13551.30
|
19356.40
|
63544.56
|
|
योजनाको 1% मा एमएण्डई र पीएमसी सहित कुल योग
|
|
|
64180
|
निष्कर्ष
आफ्नो शुरुआत भएको चार वर्षपछि पीएम-एबीएचआईएमले भारतको स्वास्थ्य ढाँचामा आमूल परिवर्तन ल्याएको छ, महामारीको तयारी र आपतकालीन प्रतिक्रिया क्षमताहरूलाई सुदृढ़ पार्न 64,180 करोड रुपियाँ निवेश गरेको छ। प्राथमिकदेखि तृतीयक हेरचाह स्तरमा सुविधाहरूको स्तरोन्नति गरेर अनि निगरानी प्रणालीहरू बढ़ाएर यो योजनाले अझ लचिलो स्वास्थ्य सेवा प्रणाली निर्माण गरेको छ। भारत वैश्विक स्वास्थ्य कभरेज र एसडीजी-3 लक्ष्यहरूतर्फ अगाड़ि बढ्दै जाँदा पीएम-एबीएचआईएमको समुदाय-केन्द्रित दृष्टिकोण - आयुष्मान भारत पहलहरूसँग एकीकृत र वैश्विक स्वास्थ्य ढाँचाहरू अनुरूप- ले सङ्कटको समयमा जन स्वास्थ्यको सुरक्षा गर्न देशलाई राम्रोसँग तयार राख्न सुनिश्चित गर्दछ।
सन्दर्भ
पत्र सूचना कार्यालय :
स्वास्थ्य तथा परिवार मन्त्रालय कल्याण:
अन्य:
************
एमपीएस/टीडब्ल्यूबी
(Backgrounder ID: 155767)
Visitor Counter : 4
Provide suggestions / comments