Farmer's Welfare
राष्ट्रिय मौरी पालन र मह अभियान
मीठो क्रान्ति ल्याउने: एक राम्रो भारततर्फ उन्मुख
Posted On:
02 NOV 2025 10:01AM
|
मुख्य कुराहरू
- राष्ट्रिय मौरी पालन र मह अभियान (एनबीएचएम) मौरीपालन क्षेत्रको समग्र विकासको लागि वैज्ञानिक मौरी पालनलाई बढ़ावा दिन हेतु एक केन्द्रीय क्षेत्रको योजना हो। यसको लक्ष्य एक मीठो क्रान्ति ल्याउनु हो।
- यस अभियानको कुल बजेट 500 करोड़ रुपियाँ छ र यो वित्त वर्ष 2020-21 देखि वित्त वर्ष 2025-26 को अवधिका लागि क्रियान्वयन गरिएको छ। राष्ट्रिय मौरी बोर्ड (एनबीबी) ले एनबीएचएमको कार्यान्वयन गरिरहेको छ।
- एनबीएचएमका तीन लघु अभियानको माध्यमद्वारा क्रियान्वित गरिएको छ, जुन उत्पादकता सुधार, फसलपछिको प्रबन्धन र अनुसन्धान एवं प्रविधि सृजनमा केन्द्रित छ।
- 2024 मा, भारतले लगभग 1.4 लाख मेट्रिक टन (एमटी) प्राकृतिक मह उत्पादन गऱ्यो।
- भारतले वित्त वर्ष 2023-24 मा 177.55 मिलियन अमेरिकी डलर मूल्य बराबरको लगभग 1.07 लाख मेट्रिक टन (एमटी) प्राकृतिक मह निर्यात गऱ्यो। यो अहिले वैश्विक स्तरमा महको दोस्रो सबैभन्दा ठूलो निर्यातक हो, जुन 2020 मा 9 औँ स्थानमा थियो।
- मह र अन्य मौरी उत्पादहरूको स्रोतको अनलाइन पञ्जीकरण र पत्ता लगाउनका लागि मधुक्रान्ति पोर्टल शुरु गरिएको छ।
|
परिचय
राष्ट्रिय मौरी पालन तथा मह अभियान (एनबीएचएम) भारत सरकारले वैज्ञानिक मौरी पालनको समग्र प्रचार र विकास तथा गुणस्तरीय मह र अन्य मौरीको घार उत्पादहरूको उत्पादनको लागि शुरु गरेको एक केन्द्रीय क्षेत्र योजना हो। राष्ट्रिय मौरी बोर्ड (एनबीबी) को माध्यमद्वारा क्रियान्वित यो योजनाको घोषणा आत्मनिर्भर भारतको ब्यानरमा तीन वर्ष (वित्त वर्ष 2020-21 देखि 2022-23) को लागि 500 करोड़ रुपियाँको कुल बजेट परिव्ययको साथ गरिएको थियो। त्यसपछि यसलाई थप तीन वर्ष (वित्त वर्ष 2023-24 देखि 2025-26 सम्म) को लागि विस्तार गरिएको छ जसमा मूल आवन्टनबाट 370 करोड़ रुपियाँ बजेट बाँकी छ।
मौरी पालन, ग्रामीण क्षेत्रका किसान र भूमिहीन मजदुरहरूद्वारा गरिने एक कृषि-आधारित गतिविधि, एकीकृत कृषि प्रणालीको एक अभिन्न अङ्ग हो। यसले परागणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ, जसले गर्दा फसलको पैदावार र किसानहरूको आयमा वृद्धि हुन्छ, साथै मह र अन्य उच्च-मूल्य भएका मौरीका घार उत्पादहरू जस्तै मोम, मौरीको परागण, प्रोपोलिस, रोयल जेली, मौरीको विष आदि प्राप्त हुन्छ, जसले सबै ग्रामीण समुदायहरूको लागि जीविकोपार्जनको महत्त्वपूर्ण स्रोतको रूपमा काम गर्छन्।
|
एकीकृत खेती (वा एकीकृत कृषि) विद्यमान एकल-कृषि दृष्टिकोणहरूको तुलनामा खेतीको लागि एक अधिक एकीकृत दृष्टिकोणलाई बुझाउनका लागि सामान्य रूपमा र व्यापक रूपमा प्रयोग हुने शब्द हो। यसले ती कृषि प्रणालीहरूलाई सन्दर्भित गर्दछ, जसले पशुधन, मत्स्य पालन, फसल उत्पादन, बागवानी आदिलाई एकीकृत गर्दछ।
|
भारतको विविध कृषि-जलवायु परिस्थितिले मौरी पालन, मह उत्पादन र निर्यातको लागि अपार सम्भावना प्रदान गर्दछ। ग्रामीण विकास र कृषि स्थिरतामा यसको महत्त्वलाई बुझ्दै भारत सरकारले मीठो क्रान्तिको एक भागको रूपमा एनबीएचएमको शुरुआत गरेको छ। यो एक महत्त्वाकांक्षी पहल हो, जसको उद्देश्य वैज्ञानिक र सङ्गठित मौरी पालनको माध्यमद्वारा गुणस्तरीय महको उत्पादनमा तीव्र ल्याउन र किसानहरूको आयलाई बढाउनका लागि मौरी पालनलाई बढ़ावा दिनु हो।

एनबीएचएम अन्तर्गत उप-योजनाहरू
एनबीएचएमलाई तीन लघु मिशन (एमएम) - एमएम-I, एमएम-II र एमएम-III को माध्यमद्वारा क्रायन्वित गरिँदैछ:
लघु मिशन-I: यस मिशन अन्तर्गत, वैज्ञानिक मौरी पालनलाई अपनाएर परागसेचनको माध्यमद्वारा विभिन्न फसलहरूको उत्पादन र उत्पादकतामा सुधारमा जोड दिइनेछ;
लघु मिशन-II: यो मिशनले मौरी पालन/मौरीको घारबाट प्राप्त उत्पादहरूको फसलपछि प्रबन्धनमा ध्यान केन्द्रित हुनेछ, जसमा सङ्कलन, प्रशोधन, भण्डारण, बजारीकरण, मूल्य संवर्धन आदि सामेल छन्। यसका साथै यी गतिविधिहरूको लागि आवश्यक पूर्वाधार सुविधाहरूको विकास गर्न पनि जोड दिइनेछ; अनि
लघु मिशन-III: यो मिशन विभिन्न क्षेत्र/राज्य/कृषि-जलवायु र सामाजिक-आर्थिक परिस्थितिहरूको लागि अनुसन्धान र प्रविधि सृजनमा ध्यान केन्द्रित हुनेछ।
एनबीएचएमका उद्देश्यहरू
एनबीएचएमका मुख्य उद्देश्यहरू यस प्रकार छन्:
आय र रोजगारी सिर्जनाको लागि मौरी पालन उद्योगको समग्र विकासलाई प्रवर्द्धन गर्ने, कृषि र गैर-कृषि परिवारलाई जीविकोपार्जनमा सहयोग प्रदान गर्ने र कृषि/बागवानी उत्पादनलाई बढ़ावा दिने;
मौरीको गुणस्तरीय केन्द्रक भण्डारको विकास, मौरी प्रजनकहरूद्वारा भण्डारको गुणन गर्ने र फसल कटान-पश्चात एवं बजारीकरण पूर्वाधारहरूको लागि अतिरिक्त पूर्वाधा सुविधाहरूको विकास गर्नु, जसमा मह प्रशोधन संयन्त्र, भण्डारण/शीत भण्डारण, सङ्कलन, ब्रान्डिङ, विपणन केन्द्र आदि सामेल छन्;
क्षेत्रीय स्तरमा मह र अन्य मौरीका घार उत्पादहरूको परीक्षणको लागि अत्याधुनिक गुणस्तर नियन्त्रण प्रयोगशाला र प्रमुख मह उत्पादक जिल्ला/राज्यहरूमा जिल्ला स्तरमा लघु/उपग्रह प्रयोगशालाहरू स्थापना गर्ने;
मह र अन्य मौरीका घार उत्पादहरूको स्रोत पत्ता लगाउनका लागि ब्लकचेन/पत्ता लगाउने प्रणाली विकास गर्ने र मौरी पालनमा आईटी उपकरणहरू प्रयोग गर्ने, जसमा अनलाइन पञ्जीकरण आदि सामेल छन्;
सम्भावित क्षेत्रहरूमा मह करिडोरहरूको विकास र सुविधा प्रदान गर्नु;
मौरी पालन/मह उत्पादनमा कृषि-उद्यमी र कृषि-स्टार्टअपहरूको भागिदारीलाई बढ़ावा दिनु;
मौरी पालक र व्यापारीहरू/मह प्रशोधनकर्ताहरू/निर्यातकहरू आदिको बीचमा व्यापार-सम्झौताहरूलाई बढ़ावा दिनु;
मह र अन्य उच्च मूल्य भएको मौरीका घार उत्पादहरूको उत्पादन हेतु मौरी पालन उद्योगमा नवीनतम प्रविधि र कौशल विकासलाई बढ़ावा दिनु, विकसित गर्नु र प्रसार गर्नु;
महरी पालनको माध्यमद्वारा महिलाहरूको सशक्तिकरण;
घरेलु र निर्यात बजारको लागि अधिक मात्रामा र राम्रो गुणस्तरको मह र अन्य उच्च मूल्यको मौरीका घार उत्पादहरू उत्पादन गरेर मौरी पालनको माध्यमद्वारा विविधीकरण गरेर आर्थिक, पारिस्थितिक र सामाजिक लाभहरूलाई अधिकतम बनाउनु; र
स्वयं सहायता समूहहरू/किसान उत्पादक सङ्गठनहरू/मौरी पालक सहकारी समितिहरू/सङ्घहरू आदि जस्ता सामूहिक दृष्टिकोणको माध्यमद्वारा संस्थागत ढाँचा विकास गरेर मौरी पालकहरूलाई मजबुत बनाउनु।
एनबीएचएमका प्रगति र उपलब्धिहरू

विपणन वर्ष 2024 (जनवरीदेखि दिसम्बर) मा, भारतले लगभग 1.4 लाख मेट्रिक टन (एमटी) प्राकृतिक मह उत्पादन गऱ्यो। यस अतिरिक्त, सरकारले एनबीएचएमको प्रगति सुनिश्चित गर्नका लागि धेरै प्रयासहरू गरेको छ:
मार्च 2025 सम्म एनबीएचएम अन्तर्गत 6 विश्व स्तरीय मह परीक्षण प्रयोगशालाहरू, 47 लघु मह परीक्षण प्रयोगशालाहरू, 6 रोग निदान प्रयोगशालाहरू, 8 कस्टम हायरिङ सेन्टरहरू, 26 मह प्रशोधन एकाइहरू, 12 मौरी पालन उपकरण एकाइहरू, 18 सङ्कलन-ब्रान्डिङ र विपणन एकाइहरू, 10 प्याकेजिङ र कोल्ड स्टोरेज स्वीकृत गरिएको छ।
एनबीएचएमका स्वीकृत परियोजनाहरू अन्तर्गत 424 हेक्टर जमिनमा मौरी पालनमा प्रविधि प्रदर्शन र 288 हेक्टर जमिन मौरी-अनुकूल वनस्पतिहरूको रोपन गरिएको छ। साथै, विभिन्न राज्यहरूमा एनबीएचएम अन्तर्गत एसएचजीहरूलाई ल्याएर महिला सशक्तिकरणको लागि 167 गतिविधिहरू स्वीकृत गरिएको छ।
आईआईटी, रुड़कीमा मौरी पालनमा एक राष्ट्रिय उत्कृष्टता केन्द्र स्वीकृत गरिएको छ।
मौरी पालन क्षेत्रको माग अनुसार कृषि तथा प्रशोधित खाद्य उत्पादन निर्यात विकास प्राधिकरण (एपीईडीए) ले महको लागि 2,000 अमेरिकी डलर (1.67 लाख रुपियाँ) प्रति मेट्रिक टन (पीएमटी) अर्थात् 167.10 रुपियाँ प्रति किलोग्रामको न्यूनतम निर्यात मूल्य (एमईपी) लागू गरेको छ। घोषणा गरिएको एमईपी 31 दिसम्बर, 2024 सम्म लागू गरिएको थियो।
मह र अन्य मौरी उत्पादहरूको स्रोतको अनलाइन पञ्जीकरण र पत्ता लगाउनका लागि मधुक्रान्ति पोर्टल शुरु गरिएको छ। 14 अक्टोबर, 2025 सम्म मधुक्रान्ति पोर्टलमा एनबीबीका साथ लगभग 14,859 मौरी पालक, 269 मौरी पालन तथा मह समितिहरू, 150 फर्म र 206 कम्पनीहरू पञ्जीकृत भइसकेका छन्।
एनबीएचएम अन्तर्गत, 10,000 एफपीओको गठन गरिनुपर्नेछ। यी मध्ये मौरी पालक/मह उत्पादकहरूको 100 एफपीओ, ट्राइफेड (14), एनएएफईडी (60) र एनडीडीबी (26) लाई एनबीएचएम अन्तर्गत गतिविधिहरूको कार्यान्यवन हेतु आवन्टित गरिएको छ। एनबीबीलाई आवन्टित कुल 100 एफपीओहरू मध्ये मार्च 2025 सम्ममा मौरी पालक/मह उत्पादकहरूको 97 एफपीओ पञ्जीकृत/गठन गरिसकिएको छ।
मार्च 2025 सम्ममा, एनबीएचएमका प्रावधानहरूबाट कुल 298 पञ्जीकृत उत्पादकहरू लाभान्वित भएका छन्।
भारतबाट प्राकृतिक महको निर्यात
भारतले विभिन्न प्रकारका प्राकृतिक मह जस्तै रेपसीड/सरसोंको मह, नीलगिरीको मह, लिचीको मह, सूर्यमुखीको मह आदि निर्यात गर्दछ। मह उत्पादन गर्ने प्रमुख भारतीय राज्यहरू हुन्: उत्तर प्रदेश (17%), पश्चिम बङ्गाल (16%), पञ्जाब (14%), बिहार (12%) र राजस्थान (9%)।
भारतले वित्त वर्ष 2023-24 मा 177.52 मिलियन अमेरिकी डलर मूल्य बराबरको लगभग 1.07 लाख मेट्रिक टन (एमटी) प्राकृतिक मह निर्यात गऱ्यो। वित्त वर्ष 2020-21 पछिबाट निर्यातमा यो एक सराहनीय वृद्धि हो, जब भारतले 96.77 मिलियन अमेरिकी डलर मूल्यको 59,999 मेट्रिक टन प्राकृतिक मह निर्यात गरेको थियो।

प्रमुख निर्यात गन्तव्यहरूमा संयुक्त राज्य अमेरिका, यूएई, साउदी अरब, कतार र लिबिया सामेल थिए।
कृषि तथा प्रशोधित खाद्य उत्पादन निर्यात विकास प्राधिकरण (एपीईडीए) र क्रिसिलले संयुक्त रूपमा तयार पारेको महको लागि जुलाई 2025 मासिक ड्यासबोर्ड अनुसार, विपणन वर्ष 2024 सम्म, भारत वैश्विक स्तरमा चीनको पछाड़ि महको दोस्रो सबैभन्दा ठूलो निर्यातक हो, जुन 2020 मा 9 औँ स्थानमा थियो।
राष्ट्रिय मौरी बोर्ड (एनबीबी)
राष्ट्रिय मौरी बोर्डलाई 19 जुलाई, 2000 मा सोसाइटी पञ्जीकरण अधिनियम XXI, 1860 अन्तर्गत एक सोसाइटीको रूपमा पञ्जीकरण गरिएको थियो र जून 2006 मा सचिव (ए एण्ड सी) को अध्यक्षतामा यसको पुनर्गठन गरिएको थियो। एनबीबीको मुख्य उद्देश्य देशमा वैज्ञानिक मौरी पालनको समग्र विकास तथा संवर्धन गर्नु हो, ताकि परागसेचनको माध्यमद्वारा फसलहरूको उत्पादकता बढाउन सकियो र मौरी पालक/किसानहरूको आयमा वृद्धिको लागि मह उत्पादनमा वृद्धि गर्न सकियोस्। एनबीबीलाई देशमा वैज्ञानिक मौरी पालनको समग्र विकास/संवर्धनको लागि नोडल एजेन्सीको रूपमा नामित/मान्यता दिइएको छ। एनबीएचएम योजनाको क्रियान्वयन एनबीबीद्वारा भइरहेको छ।

राष्ट्रव्यापी कार्यान्वयन संरचना
|
स्तर
|
प्रमुख संस्थाहरू / समितिहरू
|
मुख्य कार्यहरू
|
|
राष्ट्रिय स्तर
|
मिशन / पीएमयू (परियोजना प्रबन्धन एकाइ)
|
एनबीएचएमको समग्र समन्वय, निगरानी र प्रबन्धन
|
|
|
सामान्य परिषद् / राष्ट्रिय स्तरको सञ्चालन समिति (जीसी/एनएलएससी)
|
नीतिगत दिशा, समीक्षा र मार्गदर्शन दिने शीर्ष निकाय
|
|
|
परियोजना अनुमोदन एवं निगरानी समिति (पीए एण्ड एमसी)
|
एनबीएचएम अन्तर्गत परियोजनाहरूको अनुमोदन र निगरानी
|
|
|
कार्यकारी समिति (ईसी)
|
एनबीबीमा प्राप्त परियोजना प्रस्तावहरूको जाँच र अनुमोदन
|
|
|
परियोजना मूल्याङ्कन समिति (पीएसी)
|
परियोजना प्रस्तावहरूको मूल्याङ्कन र सिफारिश
|
|
|
राष्ट्रिय स्तरको नोडल एजेन्सी
|
केन्द्रीय कार्यान्वयन तथा समन्वय एजेन्सी
|
|
राज्य स्तर
|
राज्य स्तरको सञ्चालन समिति (एसएलएससी)
|
राज्य स्तरका गतिविधिहरूको अनुमोदन, कार्यान्वयन र निगरानी
|
|
|
जिल्ला स्तरको समिति (डीएससी)
|
जिल्ला स्तरको अनुमोदन, निगरानी र समन्वय
|
|
कार्यान्वयन एजेन्सीहरू
|
राज्य विभाग, एनडीडीबी, एनएएफईडी, आईसीएआर, केभीआईसी, ट्राइफेड, एसआरएलएम/एनआरएलएम, एमएसएमई निकाय र एनबीबी सदस्य संस्थानहरू
|
क्षेत्र-स्तरीय कार्यान्वयन, तालिम, बुनियादी ढाँचा निर्माण र अनुसन्धान एवं विकास
|
ग्रामीण भारतबाट मौरी पालनको सफलताका कहानीहरू
मेघालयको नोङथिम्माई गाउँमा, मौरी पालन लामो समयदेखि एक परम्परागत प्रथा रहेको छ, जसको बारेमा घरहरूमा स्वास्थ्य र स्फूर्ति ल्याउने विश्वास गरिन्छ। कुनै समय यो एक शौक थियो, तर अहिले यो धेरै परिवारहरूको लागि आयको प्रमुख स्रोत बनेको छ। श्री स्टीभेन्सन शादप, जसले जुनूनले मौरी पालन शुरु गरेका थिए, ले उम्सनिङ इन्टरप्राइज फेसिलिटेशन सेन्टर (ईएफसी) मार्फत तालिम प्राप्त गरेपछि यसलाई एक लाभदायक उद्यममा परिणत गरे। आफ्नो मौरीको कोलोनीको विस्तार गरेर र उत्पादन एवं प्याकेजिङमा सुधार गरेर, उनी अहिले नोङपोह र शिलङका बजारहरूमा मह बिक्रीबाट वार्षिक 1 देखि 2 लाख रुपियाँसम्म कमाउँछन्, जहाँ माग आपूर्तिभन्दा अधिक छ। उनको सफलताबाट प्रेरित भएर, समुदायले सामूहिक मह उत्पादन, प्याकेजिङ, विपणन र मूल्यवर्धित उत्पादहरूको विकासलाई बढ़ावा दिनका लागि एक मौरी पालक समितिको ठन गरिरहेको छ। मेघालयको मौरी पालन मिशनले उनीहरूलाई ठूला बजारहरूमा पुग्न र यो पुस्ताको जीविकोपार्जनलाई कायम राख्न मद्दत गर्नेछ भन्ने कुरामा श्री शादप आशावादी छन्।

जम्मू तथा कश्मीरको कुपवाडा जिल्लामा, प्रशासनिक सहायता र व्यक्तिगत उद्यम दुवैको माध्यमद्वारा मौरी पालन आयमा विविधता ल्याउने एक प्रमुख पहलको रूपमा देखा परेको छ। सरकारले नयाँ मौरी पालकहरूलाई 40% अनुदानमा 2000 कोलोनीहरू प्रदान गरेर र गुलगाममा 25 लाख रुपियाँको लागतमा 2 क्विन्टल दैनिक उत्पादन क्षमता भएको मह प्रशोधन र बोटलिङ संयन्त्र स्थापना गरेर एपिस मेलिफेरा मौरी पालनलाई बढ़ावा दिएको छ, जसले यस उत्पादनलाई व्यापक बजारको लागि कुपवाडा महको रूपमा ब्रान्डिङ गरिएको छ। जाकिर हुसैन भट जस्ता स्थानीय युवाहरूले पाँच कोलोनीहरूबाट शुरुआत गरेका थिए, जसले अहिले 200 भन्दा अधिक कोलोनीहरूको प्रबन्धन गर्छन् र वार्षिक 200 क्विन्टल मह उत्पादन गर्छन् अनि अरूलाई रोजगारी दिन्छन्। सरकारी प्रशिक्षण र बुनियादी ढाँचाको सहयोगमा 500 भन्दा अधिक किसानहरूले अहिले वार्षिक 480 क्विन्टल जैविक मह उत्पादन गर्छन्, जसबाट 3 करोड़ रुपियाँको कारोबार हुन्छ। बजार पहुँच र मूल्यलाई अझ राम्रो बनाउनका लागि कुपवाडा जैविक महको जीआई ट्यागिङको योजनामा काम पनि चलिरहेको छ।

निष्कर्ष
राष्ट्रिय मौरी पालन तथा मह मिशन (एनबीएचएम) ले भारत सरकारको एक महत्त्वपूर्ण, बहुआयामिक पहलको प्रतिनिधित्व गर्दछ, जसले तीनवटा लघु मिशनहरूको माध्यमद्वारा वित्त पोषण र एक संरचित कार्यान्वयन योजनाको माध्यमद्वारा वैज्ञानिक मौरी पालनलाई बढ़ावा दिएर महत्त्वाकांक्षी मीठो क्रान्तिलाई गति प्रदान गरिरहेको छ। एनबीएचएमले मौरी पालनलाई एक परम्परागत पद्धतिबाट एक मजबुत, प्रविधि-सञ्चालित उद्योगमा सफलतापूर्वक रूपान्तरण गरिरहेको छ।
सन्दर्भ
कृषि तथा किसान कल्याण मन्त्रालय
Annual Report (2024-25): https://www.agriwelfare.gov.in/Documents/HomeWhatsNew/AR_Eng_2024_25.pdf
https://sansad.in/getFile/annex/267/AU2415_c1unCP.pdf?source=pqars
https://nbb.gov.in/Archive/Guidelines.pdf
https://madhukranti.in/NBB/
वाणिज्य तथा उद्योग
https://apeda.gov.in/sites/default/files/2025-08/MIC_July_Monthly_dashboard_Honey_260825.pdf
https://www.pib.gov.in/PressReleasePage.aspx?PRID=1787763
https://apeda.gov.in/NaturalHoney
नाबार्ड
https://www.nabard.org/auth/writereaddata/careernotices/0810180025ADS%20Alappuzha%20edited.pdf
नीति आयोग
https://www.niti.gov.in/honeyed-shot-arm-aatmanirbhar-bharat
मेघालय सरकार
https://megipr.gov.in/docs/Success%20Stories_2.pdf
जम्मू तथा कश्मीर सरकार
https://kupwara.nic.in/achievements/success-story-apiculture-sector/
****
एमपीएस/टीडब्ल्यूबी
(Backgrounder ID: 155911)
Visitor Counter : 4
Provide suggestions / comments