पर्यावरण, वन तथा जलवायु परिवर्तन मन्त्रालय
azadi ka amrit mahotsav

स्वच्छता ही सेवा (एसएचएस-2026) अभियान अन्तर्गत सिक्किम क्षेत्रीय केन्द्रमा स्वच्छता शपथ, विशेष स्वच्छता अभियान एवं वृक्षारोपण कार्यक्रम आयोजित


पोस्ट गरियो: 01 OCT 2026 6:15PM by PIB Gangtok

स्वच्छता ही सेवा (एसएचएस-2026) अभियान अन्तर्गत एक दिन, एक घण्टा, एक साथ पहलको एक भागको रूपमा गोविन्द बल्लभ पन्त राष्ट्रिय हिमाली पर्यावरण संस्थान, सिक्किम क्षेत्रीय केन्द्रमा स्वच्छता शपथ, विशेष स्वच्छता अभियान एवं वृक्षारोपण कार्यक्रमको आयोजन , 01 अक्टोबर, 2026 मा गरियो।

कार्यक्रमको शुभारम्भ सबै सहभागीहरूद्वारा स्वच्छता शपथ लिएर गरियो। यस अवसरमा सहभागीहरूले संस्थान परिसर एवं वरपरका क्षेत्रहरूमा स्वच्छता कायम राख्ने, स्वच्छ एवं स्वस्थ वातावरणको निर्माण तथा स्वच्छताप्रति जागरूकता बढ़ाउने सङ्कल्प लिए।

यसपछि संस्थान परिसरमा विशेष स्वच्छता अभियान आयोजन गरियो। अभियानको क्रममा सहभागीहरूले परिसरको सर-सफाइ, फोहोर सङ्कलन र वरपरका क्षेत्रहरूलाई स्वच्छ राख्ने सम्बन्धी गतिविधिहरूमा सक्रिय रूपमा भाग लिए।

स्वच्छता अभियानका साथसाथै पर्यावरण संरक्षण एवं हरित वातावरणलाई बढ़ावा दिने उद्देश्यले एक पेड माँ के नाम पहल अन्तर्गत संस्थान परिसरमा वृक्षारोपण कार्यक्रम पनि आयोजन गरिएको थियो।

कार्यक्रममा संस्थानका वैज्ञानिक, प्राविधिक कर्मचारी, अन्य कर्मचारी, शोधार्थी एवं परियोजनाका स्टाफ सहित कुल 40 जना सहभागीले सक्रिय रूपमा भाग लिएका थिए।

यस अवसरमा सहभागीहरूले स्वच्छता एवं पर्यावरण संरक्षणप्रति आफ्नो प्रतिबद्धता दोहोऱ्याउँदै स्वच्छ, स्वस्थ र हरित वातावरण निर्माणमा सामूहिक रूपमा योगदान गर्ने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रमको उद्देश्य स्वच्छता, पर्यावरण संरक्षण एवं सामुदायिक सहभागिताप्रति जागरूकतालाई बढ़ावा दिनु रहेको थियो।

****

MPS/TWB


(रिलिज आईडी: 2319232) आगन्तुक काउन्टर : 5
मा यो विज्ञप्ति पढ्नुहोस्: English