सूचना तथा प्रसारण मन्त्रालय
पीआइबी गान्तोकद्वारा जीपीबीएनआइएचईमा आइएमपीसीसी बैठक आयोजित
पोस्ट गरियो:
06 OCT 2026 4:50PM by PIB Gangtok
पत्र सूचना कार्यालय (पीआइबी), गान्तोकद्वारा आज जीबी पन्त राष्ट्रिय हिमाली पर्यावरण संस्थान (जीपीपीएनआइएचई), सिक्किममा अन्तर-मिडिया प्रचार समन्वयन समितिको (आइएमपीसीसी) बैठक आयोजित गरियो। बैठकमा केन्द्र सरकारको विभिन्न विभागका प्रतिनिधिले सहभागिता जनाए. बैठक अन्तर विभागीय मिडिया समन्वयन सुदृढ बनाउनका साथै सरकारी योजना, कार्यक्रम अनि पहलहरूको प्रभावी प्रचार सुनिश्चित गर्न लक्षित थियो।
पीआइबी, गान्तोकका सहायक निर्देशक श्री मानसप्रतीम शर्माले स्वागत सम्बोधन पेश गर्दै बैठकको उद्देश्य अनि प्रक्रियाहरू रेखाङ्कित गरे। उनले सबै प्रतिनिधि अनि प्रतिभागीलाई न्यानो स्वागत जनाए।
न्यानो आतिथ्यका साथै हालै शिमला अनि बङ्गलुरूबाट आएका प्रेस भ्रमणको समय प्रदान गरिएको स्वागतप्रति श्री शर्माले विभिन्न विभागप्रति आभार व्यक्त गरे। सरकारी योजना, कार्यक्रम अनि पहलहरूको व्यापक अनि प्रभावपूर्ण प्रचार सुनिश्चित गर्न विभागहरूबीच प्रभावी समन्वयनको महत्त्व उनले प्रकाश पारे।

जीपीपीएनआइएचईका क्षेत्रीय प्रमुख एवं वैज्ञानिक डा. राजेश जोशीले प्रतिभागीहरूलाई जीबी पन्त राष्ट्रिय हिमाली पर्यावरण संस्थानमा स्वागत जनाउँदै पीआइबीद्वारा आयोजित अन्तर-मिडिया प्रचार समन्वयन समितिको बैठकले सरकारी संस्थानहरूलाई अन्तरक्रिया गर्न, दृष्टिकोण आदान-प्रदान गर्नका साथै सुविधा अनि गतिविधिहरू प्रस्तुत गर्न महत्त्वपूर्ण मञ्च प्रदान गर्ने बताए। सुदूर स्थानमा अवस्थित भए तापनि पाङथाङ परिसरले चक्रिय बैठकहरूका लागि अनुकूल वातावरण प्रदान गर्नका साथै संस्थागत संलग्नताका लागि बढी समन्वयन पोषित गर्ने उल्लेख गर्दै करिब 35 वर्षदेखि जीबीपीएनआइएचई सिक्किममा परिचालनमा रहेको अवगत गराए। आयोजक संस्थानका रूपमा डा. जोशीले सबै प्रतिनिधिलाई स्वागत जनाउन पाउँदा हर्षबोध भएको उल्लेख गर्दै कार्यक्रमको सफलताका लागि शुभकामना दिए।
आफ्नो छोटो प्रस्तुतिमा डा. जोशीले जीबीपीएनआइएचईको प्रमुख गतिविधि अनि पहलहरूका साथै सिक्किमका जनमानसको जीवन अनि आजीविकामा सुधार ल्याउन पुऱ्याएको योगदान प्रकाश पारे। संस्थानले राज्य सरकारका साथै विभिन्न केन्द्र सरकारका अभिकरणहरूसँग मिलेर सतत विकास, पर्यावरण संरक्षणका साथै स्थानीय समुदायको हित-कल्याणका लागि विविध परियोजना कार्यान्वयन गरिरहेको अवगत गराए.
प्रतिभागी सङ्गठनहरूले प्रचार योजनामा सुधार ल्याउनका साथै मिडिया समन्वयन सुदृढ बनाउन आगामी गतिविधिहरूबारे जानकारी अनि सुझाउ साझा गरे। नियमित रूपमा आइएमपीसीसी बैठक आयोजित गर्न पीआइबी गान्तोकले खेलिरहेको भूमिकाको सराहना गर्दै विभागहरूबीच सुचारू समन्वयन सुनिश्चित गर्न यस्ता मञ्चहरूको आवश्यकतामाथि बल दिए। सरकारी योजना अनि पहलहरू सिक्किमका जनमानसबीच पुग्दै प्रभावी रूपमा त्यसबाट फाइदा पुग्ने सुनिश्चित गर्न तृणमूल स्तरमा संयुक्त जागरूकता कार्यक्रमहरू आयोजित गर्नुपर्ने महत्त्वमाथि विभिन्न विभागले जोड दिए।

बैठकमा स्थानीय केन्द्रिय मिडिया एकाइ आकाशवाणी गान्तोक, दूरदर्शन गान्तोक, सशस्त्र सीमा बल (एसएसबी) भारत-तिब्बत सीमा पुलिस (आइटीबीपी), भारतीय मौसम विज्ञान विभाग (आइएमडी), क्षेत्रीय आयुर्वेद अनुसन्धान संस्थान (आरएआरआइ), राज्य स्तरीय ब्याङ्कर्स समिति (एसएलबीसी), भारतीय रिजर्भ ब्याङ्क (आरबीआइ), स्टेट ब्याङ्क अव् इण्डिया (एसबीआइ), एमएसएमई, भारतीय कृषि अनुसन्धान परिषद-पूर्वोत्तर पार्वत्य क्षेत्र राष्ट्रिय अनुसन्धान केन्द्र (आइसीएआर-एनईएच), केन्द्रिय जल आयोग (सीडब्लुसी), मसला बोर्ड तथा केन्द्रिय एकिकृत कीट प्रबन्धन केन्द्र (सीआइपीएमसी) लगायतका केन्द्र सरकारका कार्यालय अनि सङ्गठनका प्रतिनिधिहरूले सहभागिता जनाए।
TW
*******
MPS/
(रिलिज आईडी: 2320121)
आगन्तुक काउन्टर : 6