सूचना तथा प्रसारण मन्त्रालय
azadi ka amrit mahotsav

समर्पित स्वच्छता अभियानका साथ ईपीएफओ अनि पीआइबी गान्तोकद्वारा स्वच्छता विशेष अभियान 6.0 पालन


पोस्ट गरियो: 09 OCT 2026 4:08PM by PIB Gangtok

स्वच्छता विशेष अभियान 6.0 को कार्यान्वयन चरण अन्तर्गत, कर्मचारी भविष्य निधि सङ्गठन (ईपीएफओ), विशेष राज्य कार्यालय, गान्तोकद्वारा पत्र सूचना कार्यालय (पीआइबी), गान्तोकको सहयोगमा 9 अक्टोबर, 2026 को दिन समर्पित स्वच्छता एवं प्रशंसा कार्यक्रम आयोजित गरियो।

विशेष अभियान 6.0 को उद्देश्य अनुरूप, संस्थागत स्वच्छता, लम्बित मामिलाहरूको निस्तारण, कार्यस्थल परिसरको सुधारका साथै सफा एवं स्वच्छ वातावरणमाथि ध्यान केन्द्रित गर्दै कार्यक्रम आयोजित गरिएको थियो।

यस अवसरमा, ईपीएफओ, गान्तोकका क्षेत्रीय भविष्य निधि आयुक्त केसाङ नाम्थाक तेञ्जिङद्वारा गान्तोक नगर निगमकी (जीएमसी) सफाईकर्मी श्रीमती कमला भुजेललाई आरिथाङ मार्गमा ईपीएफओ कार्यालय जाने सडकको सर-सफाई कायम गर्न समर्पित अनि अविराम पहललाई ध्यानमा राख्दै सम्मान जनाइयो। वरिपरी सफा राख्न उनको दैनिक सेवा अनि समर्पणको सराहना गरियो। स्वच्छताको निम्ति उनको समर्पणका लागि पीआइबी, गान्तोकद्वारा उनलाई सम्मान जनाइयो।

आरिथाङमा ईपीएफओ कार्यालयदेखि शुरु गरिएको स्वच्छता अभियान पीआइबी गान्तोकको कार्यालय हुँदै आकाशवाणी आवासीय परिसर, गान्तोकसम्म करिब 300 मिटरको दूरी समेट्दै पूरा गरियो।

कार्यक्रममा सहभागीहरूलाई सम्बोधित गर्दै केसाङ नाम्थाक तेञ्जिङले सफाई कार्य विशेष अभियानसम्म सीमित नराखेर यो दैनिक जीवन, कार्य संस्कार अनि नागरिक दायित्त्वको अभिन्न अङ्ग हुनुपर्ने उल्लेख गरे। कार्यस्थलको स्वच्छताले उत्पादनशीलता बढाउनका साथै आरोग्यता प्रोत्साहित गर्नका अतिरक्त हाम्रो वरिपरीको परिवेशका लागि अनुशासन अनि सम्मान प्रतिबिम्बित गर्ने उनले बताए।

ईपीएफओ आफ्ना हितधारक लगायत अंशदाता, पेन्सनभोगी अनि कर्मचारीहरूका लागि सफा, स्वच्छ अनि नागरिकमैत्री कार्यालय वातावरण सुनिश्चित गर्न प्रतिबद्ध रहेको श्री तेञ्जिङले बताए। सफाई कर्मचारीलाई सम्मान गर्नु तृणमूल स्तरमा स्वच्छता अभियानलाई निरन्तरता दिन उनीहरूको ठूलो योगदानप्रति सानो प्रयास मात्र रहेको उनले उल्लेख गरे। कहिले-काहिँ मान्यताबिनै चलिरहने उनीहरूको समर्पित सेवा, सफा शहरको मेरुदण्ड बन्ने उनले बताए।

पीआइबी, गान्तोकका सूचना सहायक सतेन्द्र कुमारले यस अवसरमा बोल्दै भारत सरकारको स्वच्छता नै सेवा र विशेष अभियान पहलबारे संक्षेपमा जानकारी दिँदै स्वच्छतालाई संस्थागत गर्नका साथै थाँतीका मामिलाहरू घटाउन 2 देखि 31 अक्टोबर, 2026 सम्म देशव्यापी रूपमा पालन हुने जानकारी दिए। स्वच्छतालाई कार्यालय परिसरदेखि बाहिर समुदायसम्म पुऱ्याउन ईपीएफओ, गान्तोकले गरेको प्रयासको उनले सराहना गरे। पीआइबी, गान्तोकको तर्फबाट उनले श्रीमती भुजेलको पनि प्रशंसा गरे।

उल्लेखयोग्य कुरा के छ भने, ईपीएफओ गान्तोक र पीआइबी गान्तोकले स्वच्छता अभियान पालन गर्न नजिकबाट तालमेल कायम गरिरहेको छ। स्वच्छता नै सेवा (एसएचएस) 5.0 को अवसरमा, दुवै कार्यालयद्वारा संयुक्त रूपमा स्वच्छता अभियान आयोजित गरी स्वच्छ अनि स्वस्थ भारतको परिकल्पनाप्रति साझा प्रतिबद्धता प्रतिबिम्बित गरेको थियो। विशेष अभियान 6.0 को अवधिमा निरन्तर सहकार्यले अन्तर-कार्यालय समन्वयन सुदृढ बनाउनका साथै अभियान अन्तर्गत परिकल्पित समग्र सरकारको दृष्टिकोणको भावनालाई बल प्रदान गर्दछ।

******

MPS/TWB


(रिलिज आईडी: 2321377) आगन्तुक काउन्टर : 8
मा यो विज्ञप्ति पढ्नुहोस्: English