Farmer's Welfare
दीनदयाल अन्त्योदय योजना – राष्ट्रिय ग्रामीण आजीविका मिशन
ग्रामीण समुदायको सशक्तिकरणका लागि एउटा प्रारूप
Posted On:
23 OCT 2025 10:09AM
मुख्य बुँदा
- भारतको विभिन्न भागमा 10.05 करोड परिवारलाई 90.9 लाख स्वयंसहायता समूहमा सङ्गठित गरियो।
- उद्यमिता कार्यक्रमको माध्यमद्वारा 4.6 करोड महिला किसान अनि 3.74 लाख उद्यमलाई सहायता प्रदान गरियो।
- डीडीयु-जीकेवाई अन्तर्गत 17.5 लाख ग्रामीण युवालाई प्रशिक्षित गरियो, जसमध्ये 11.48 लाखको नियुक्ति भइसकेको छ।
- 47,952 ब्याङ्क सखीलाई वित्तीय समावेशन र ऋण पहुँचलाई बढावा दिन नियुक्त गरियो।
- कृषि, गैर काष्ठ वन्य उब्जनी, पशुधन र गैर कृषि उद्यमको माध्यमद्वारा स्थायी आजीविकालाई प्रोत्साहित गरियो।
परिचय
दीनदयार अन्त्योदय योजना – राष्ट्रिय ग्रामीण आजीविका मिशन (डीडीवाई-एनआरएलएम) भारत सरकारको ग्रामीण विकास मन्त्रालयद्वारा चलाइने एउटा प्रमुख गरीबी उन्मूलन कार्यक्रम हो, जसको उद्देश्य गरीब परिवारलाई लाभकारी स्वरोजगार अनि कुशल वेतन रोजगारको अवसर प्रदान गरी गरीबी घटाउनु हो, ताकि गरीबहरूका लागि स्थायी अनि विविध आजीविका विकल्प उपलब्ध हुनसकोस्। डीएवाई-एनआरएलएमको उद्देश्य ग्रामीण गरीब परिवारलाई स्वयंसहायता समूहमा (एसएचजी) सङ्गठित गरी आफ्नो आमदानीमा उल्लेखनीय वृद्धि प्राप्त गरी गम्भीर गरीबीबाट बाहिर ननिक्लेसम्म आर्थिक गतिविधिमा निरन्तर सहयोग अनि समर्थन गर्नुरहेको छ।

डीएवाई-एनआरएलएमले जुन प्रकारले ग्रामीण जीवनलाई परिवर्तित गरेको छ, त्यसबाट यसको सफलता स्पष्ट हुँदछ। यस्तै एउटा कथा मेघालयको हिनीदमाङ्की कनाईको छ, जसको सफल उद्यमी बन्ने यात्रा जनवरी 2020 मा तब शुरु भयो, जब उनी किरशानलङ स्वयंसहायता समूहमा सामेल भइन्। स्वयंसहायता समूहको सहयोग अनि राष्ट्रिय ग्रामीण आजीविका मिशनको (एनआरएलएम) मार्गदर्शनमा हिनादमाङ्कीले गुलाफ, घिउकुमारी अनि सुन्तला तथा लेमनग्रास (काँश) बाट हातैले साबुन बनाउन शुरु गरिन्। अप्रेलमा आफ्नो व्यवसाय शुरु गरेको केही महिनापछि अगस्त 2023 मा उनको कडा मेहनतले सफलता हासिल गर्न थाल्यो। यसबाट उनले नयाँ मशिन अनि उपकरण खरिद गरी आफ्नो साबुनको गुणस्तर सुनिश्चित गर्न प्रयोगशालामा परीक्षण पनि गराइन्।
हिनादमाङ्कीको उद्यम बिस्तारै तर लगातार प्रयासको कारण फस्टाउन थाल्यो। उनको वार्षिक आमदानीले एक लाख रुपियाँ पार गऱ्यो, जसबाट उनको जीवनमा ठूलो परिवर्तन आयो र ठूलो सपना देख्ने आत्मविश्वास पाइन्। आफ्नो यस सफलतामा उनी थामिएनन्, र उनले आफ्नो गाउँका अन्य स्वयंसहायता समूहका सदस्यलाई साबुन बनाउने प्रशिक्षण दिन शुरु गरिन्। उनले जागरूकता फैलाइन र अरूलाई आफ्नो उद्यमिताको सपना साकार बनाउन प्रेरित गरिन्।
राष्ट्रिय ग्रामीण आजीविका मिशनलाई (एनआरएलएम) वर्ष 2010 मा पूर्वर्ती स्वर्णजयन्ती ग्रामीण स्वरोजगार योजनालाई (एसजीएसवाई) नयाँ रूप दिई मिशन मोड योजनाका रूपमा शुरु गरिएको थियो। वर्ष 2016 मा यस कार्यक्रमको नाम परिवर्तित गरी दीनदयाल अन्तोदय योजना – राष्ट्रिय ग्रामीण आजीविका मिशन (डीएवाई-एनआरएलएम) बनाइयो। केन्द्र अनि राज्य सरकारले संयुक्त रूपमा यस केन्द्र प्रायोजित योजनालाई धनराशि उपलब्ध गराउँदछ। यो गरीबहरूको आजीविकामा सुधारको निम्ति विश्वकै सबैभन्दा ठूलो पहलमध्ये एक हो। मिशनले चार मुख्य घटकमा निवेश गरी आफ्नो उद्देश्य प्राप्त गर्न चाहन्छ :
- ग्रामीण गरीब महिलाहरूलाई स्व-प्रबन्धित अनि आर्थिक रूपमा स्थायी सामुदायिक संस्थानको सामाजिक सक्रियता अनि प्रोत्साहन एवं सुदृढिकरण,
- वित्तीय समावेशन,
- स्थायी आजीविका, र
- एकिकरणको माध्यमद्वारा सामाजिक समावेशन, सामाजिक विकास तथा अधिकारहरूसम्म पहुँच।

डीएवाई-एनआरएलएमको उद्देश्य
डीएवाई-एनआरएलएमले गरीबहरू, र विशेष गरी महिलाहरूको निम्ति स्वयंसहायता समूह जस्तो बलियो संस्थान गठन गर्न प्रोत्साहित ग्रनका साथै यी संस्थाहरूलाई विभिन्न प्रकारको वित्तीय सेवा अनि आजीविकासम्म पहुँच प्रदान गर्न सक्षम बनाउँदछ। यस्ता संस्थाले उनीहरूलाई आफ्नो आजीविकामा विविधता ल्याउन, आमदानी बढाउन र जीवन स्तरमा सुधार ल्याउन दीर्घकालिक सहायता प्रदान गर्दछ। मिशनको अधिकांश कार्यको कार्यान्वयन अनि विस्तार स्वयंसहायता समूहका महिलाहरूद्वारा नै गरिन्छ, जसलाई सामुदायिक संसाधन व्यक्ति(सीआरपी), जस्तै कृषि सखी, पशु सखी, ब्याङ्क सखी, बीमा सखी, ब्याङ्कमित्र सखी आदिका रूपमा प्रशिक्षित गरिएको छ। मिशनले घरेलु हिंसा, महिला शिक्षा अनि अन्य लिङ्ग सम्बन्धी चिन्ता, पोषण, स्वच्छता, स्वास्थ्य आदि जस्ता मुद्दामा जागरूकता बढाउन र व्यावहारिक परिवर्तन सञ्चारको माध्यमद्वारा स्वयंसहायता समूहका महिलाहरूलाई सशक्त बनाउन पनि काम गरिरहेको छ। योजना अन्तर्गत बनाइएका स्वयंसहायता समूहको उद्देश्य तल उल्लेखितलाई सुगम बनाउनु पनि रहेको छ :
- औपचारिक ऋणसम्म पहुँच,
- आजीविकाको निम्ति विविधिकरण र सुदृढिकरणको निम्ति समर्थन, र
- अधिकार अनि सार्वजनिक सेवाहरूसम्म पहुँच।

डीएवाई-एनआरएलएमको माध्यमद्वारा महिला सशक्तिकरण
यस मिशनको मुख्य उद्देश्य गरीब परिवार, र विशेष गरी महिलाहरूलाई वित्तीय सेवासम्म पहुँच प्रदान गरी उनीहरूको आजीविकामा विविधता ल्याई जीवन स्तरमा सुधार ल्याउनका साथै गरीबी घटाउनु रहेको छ। आर्थिक रूपमा मिशनले सामुदायिक संस्थालाई बढावा दिँदै महिलाहरूलाई सशक्त बनाउँदछ, जसबाट महत्त्वपूर्ण वित्तीय, तकनिकी र विपणन संसाधन हासिल हुँदछ। दीनदयाल अन्त्योदय योजना – राष्ट्रिय ग्रामीण आजीविका मिशन (डीएवाई-एनआरएलएम) अन्तर्गत औपचैरिक वित्तीय संस्थानको माध्यमद्वारा महिलाहरूको स्वयंसहायता समूहलाई ₹11 लाख करोडभन्दा धेरै ऋण वितरित गरी महत्त्वपूर्ण उपलब्धि हासिल गरिएको छ। यस कार्यमा ब्याङ्क सखी अनि ब्याङ्कमित्र सखीका रूपमा प्रशिक्षित महिलाहरूले सहायता प्रदान गर्छन्, जसले एसएचजी र औपचारिक ब्याङ्किङ संस्थानबीच सम्पर्क सेतुको काम गर्छन्। ₹11 लाख करोडको यो धरौटीमुक्त ऋण, ब्याज अनुदान अनि अन्य वित्तीय सहायताद्वारा समर्थित छ र यसको पुनर्भुक्तानीको दर 98 प्रतिशतभन्दा धेरै छ, जसले यस कार्यक्रमको प्रभावशीलता अनि स्थायित्त्व दर्शाउँछ।
आजीविकाको सन्दर्भमा, डीएवाई-एनआरएलएमले कृषि अनि गैर कृषि दुवै गतिविधिलाई समर्थन गर्दछ। यसले कृषि परिस्थितिकीय अभ्यासलाई बढावा दिँदै महिला किसानहरूलाई सशक्त बनाउँदछ भने यस कार्यमा 4.62 करोड महिलालाई सामेल गरिएको छ। कृषि सखी अनि पशु सखी नामक प्रशिक्षित आजीविका सामुदायिक संसाधन व्यक्तिहरूको एउटा प्रबल सञ्जाल महिला किसानहरूलाई सालभरी विस्तार सेवा अनि सहायता प्रदान गर्नका लागि तैनाथ गरिएको छ।
यस मिशनले स्टार्टअप ग्रामीण उद्यमिता कार्यक्रम (एसभीईपी) जस्ता उपयोजनाको माध्यमद्वारा हस्तशिल्प अनि खाद्य प्रसंस्करण जस्ता क्षेत्रमा सूक्ष्म उद्यमलाई पनि बढावा दिन्छ, जसले 3.74 लाखभन्दा धेरै उद्यमलाई सहायता गरिसकेको छ। यस मिशनले घरेलु हिंसा, महिला शिक्षा अनि अन्य लिङ्ग सम्बन्धी चिन्ता, पोषण, स्वच्छता, स्वास्थ्य आदि जस्ता मुद्दामा जागरूकता फैलाउन र व्यवहारमा परिवर्तन सञ्चारको माध्यमद्वारा स्वयंसहायता समूहमा सामेल महिलाहरूलाई सशक्त बनाउन पनि काम गरिरहेको छ।
कृषि सखी सामुदायिक कृषि सेवा प्रदाता (सीएएसपी) हुन्, जसले कृषि आधारित सेवा दुर्लभ वा महँगो भएका ग्रामीण इलाकामा अन्तिम विन्दुसम्म सहयोग सुनिश्चित गर्दछन्। दिगो खेती को निम्ति जागरूकता फैलाउनका साथै समुदायको क्षमता निर्माण गर्नका अतिरिक्त कृषकहरूको आमदानीमा सुधारको निम्ति कृषि उत्पादको सङ्कलन अनि विपणन् पनि उनीहरूले सुगम बनाउँछन्।
ब्याङ्क सखी वित्तीय सेवाको निम्ति एसएचजीलाई सहयोग गर्न ब्याङ्क शाखामा तैनाथ प्रशिक्षित स्वयंसहायता समूहका सदस्य हुन्। उनीहरूले एसएचजीको खाता खोल्न, दुवै जमा एवं विकलन लेनदेन सुगम बनाउन सहयोग गर्दै ऋण लगायत अन्य ब्याङ्किङ सुविधासम्म पहुँच सुगम बनाउन ऋण लिङ्केजको निम्ति महत्त्वपूर्ण भूमिका खेल्छन्।
पशु सखी सामुदायिक पशु स्याहार सेवा प्रदाता (सीएएसपी) हुन्, जसले पशु चिकित्सा स्याहार दुर्लभ वा महँगो भएका ग्रामीण इलाकामा अन्तिम विन्दुसम्म पशुधन सेवा सुनिश्चित गर्छन्। पशु सखीले पशुधन आधारित आजीविकाका लागि जागरूकता फैलाउनका साथै क्षमता निर्माण गर्नका अतिरिक्त ग्रामीण आमदानीमा सुधार ल्याउन पशुधन उत्पादहरूको सङ्कलन अनि बेच-बिखनको निम्ति पनि सहयोग गर्छन्।

डीएवाई-एनआरएलएमले 28 राज्य अनि 6 वटा केन्द्र शासित प्रदेशमा 10.05 करोड ग्रामीण महिला परिवारलाई 90.90 लाखभन्दा धेरै स्वयंसहायता समूहमा सङ्गठिक गरेको छ। अन्य उल्लेखनीय उपलब्धिमा यी कुराहरू सामेल छन् :
- 4,62 करोड स्वयंसहायता समूह सदस्य महिला किसानका रूपमा कार्यरत छन्।
- 3.5 लाख कृषि सखी अनि पशु सखी नियुक्त गरिएको छ।
- 6,000 एकिकृत कृषि समूह बनाइएको छ।
- 1.95 लाख उत्पादक समूह छ, जसबाट 50 लाखभन्दा धेरै ग्रामीण महिलालाई फाइदा भएको छ।
- 282 खण्डमा 3.74 लाख उद्यमलाई समर्थन दिइएको छ।
- 2013-14 देखि महिला स्वयंसहायता समूहहरूलाई ₹11 लाख करोड ऋण प्राप्त भएको छ।
- स्वयंसहायता समूहहरूको ऋण लिङ्केजलाई सुगम बनाउन ब्याङ्क शाखाहरूमा 47,952 ब्याङ्क सखी तैनाथ गरिएका छन्।
डीएवाई-एनआरएलएम अन्तर्गत उच्च प्रदर्शनकारी राज्यहरू
- 30 जून, 2025 सम्म, बिहार, उत्तर प्रदेश अनि आन्ध्र प्रदेश स्वयंसहायता समूहको सङ्ख्या सबैभन्दा धेरै रहेको राज्यहरूमध्ये रहेको थियो भने यी राज्यहरूले सबैभन्दा धेरै सङ्ख्यामा महिला परिवारलाई स्वयंसहायता समूहमा जोडेका थिए।
वित्तीय सहायता अनि समावेशनको सन्दर्भमा, कैयौं राज्यले 28 फेब्रुअरी 2025 सम्म वित्त वर्ष 2024-25 मा अनुकरणीय प्रदर्शन गरेका थिए। स्वयंसहायता समूहलाई प्रदान गरिएको पूँजीकरण सहायताको निम्ति उत्तर प्रदेश अनि बिहारले क्रमशः ₹1,23,326 लाख र ₹1,05,132 लाख वितरित गरेको थियो, जुन दुवैको निम्ति आफ्नो लक्ष्यभन्दा बढी हो। एसएचजीको निम्ति ब्याङ्क ऋणको सुविधाको मामिलामा आन्ध्र प्रदेश ₹34,83,725 लाख वितरणका साथ देशमा अग्रणी थियो।
स्थायी आजीविकालाई बढावा दिने मामिलामा विभिन्न राज्यले कृषि अनि गैर कृषि क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरेका छन्। कृषि आधारित पहलमा महाराष्ट्र कृषि-परितन्त्र अभ्यास अन्तर्गत सबैभन्दा धेरै महिला किसानलाई सामेल गर्नमा अग्रणी रहेको थियो, जहाँ 12,97,051 महिला सामेल भए। यसपछि उत्तर प्रदेश (11,37,950) अनि आन्ध्र प्रदेशको (10,43,085) स्थान रहेको थियो। स्टार्टअप ग्राम उद्यमिता कार्यक्रम (एसभीईपी) अन्तर्गत गैर कृषि सूक्ष्म उद्यमलाई बढावा दिने सन्दर्भमा आसम अग्रणी राज्य रहेको थियो, जसले 9,557 उद्यमलाई समर्थन दिएको थियो भने केरल (5,802) र पश्चिम बङ्गालले (4,933) पनि राम्रै प्रदर्शन गरेको थियो।
|
डीएवाई-एनआरएलएम अन्तर्गत कौशल विकास अनि रोजगार कार्यक्रम
मन्त्रालयले डीएवाई-एनआरएलएम अन्तर्गत दुईवटा केन्द्र प्रायोजित योजना लागू गर्दछ, जसको उद्देश्य ग्रामीण गरीब युवाहरूलाई लाभकारी रोजगारको निम्ति कौशल प्रदान गर्नुका साथै तल उल्लेखित कार्यक्रमको माध्यमद्वारा गरीबी उन्मूलनमा योगदान दिनुरहेको छ :
- दीनदयाल उपाध्याय ग्रामीण कौशल योजना (डीडीयु-जीकेवाई) : 15-35 वर्षको आयुका ग्रामीण युवाहरूलाई प्लेसमेन्टसँग जोडिएका कौशल प्रशिक्षण प्रदान गर्दछ। यस कार्यक्रमले नोकरीमा नियुक्तिका साथै व्यावहारिक कौशल विकास सुनिश्चित गर्दछ, जसबाट प्रतिभागीलाई औपचारिक नोकरी बजारमा न्यूनतम ज्याला बराबर वा बढी वेतन प्राप्त गर्न सक्षम बनाइन्छ। जून 2025 सम्म कूल 17.50 लाख प्रार्थीलाई प्रशिक्षित गरी कूल 11.48 लाख युवाले नोकरी पाइसकेका थिए।
- ग्रामीण स्वरोजगार प्रशिक्षण संस्थान (आरएसईटीआइ) : 18-50 आयुवर्गका युवाहरूको निम्ति ब्याङ्क प्रायोजित केन्द्रको माध्यमद्वारा उद्यमिता प्रशिक्षण प्रदान गर्नका साथै बुनियादी पूर्वाधार अनि प्रशिक्षण लागतको निम्ति वित्तीय सहायताका साथ स्वरोजगार अनि ज्यालाधारी रोजगारलाई बढावा दिन्छ। कूल 56.69 लाख प्रार्थीलाई प्रशिक्षित गरी जून 2025 सम्म कूल 40.99 लाख प्रार्थीलाई नियुक्ति दिइयो।

डीडीयु-जीकेवाई अन्तर्गत उच्च प्रदर्शनकारी राज्यहरू (2014-15 देखि जून 2025 सम्म)
डीडीयु-जीकेवाई अन्तर्गत उत्तर प्रदेशले सबैभन्दा धेरै 2,44,528 प्रार्थीलाई प्रशिक्षित गरेको थियो, जसपछि ओडिशाले 2,15,409 र आन्ध्र प्रदेशले 1,33,842 प्रार्थीलाई प्रशिक्षित गरेको थियो। रोजगारको मामिलामा ओडिशा 2,15,409 प्रार्थीका साथ सबैभन्दा अघि रहेको थियो भने आन्ध्र प्रदेशले पनि 1,17,881 नियुक्तिका साथ राम्रो प्रदर्शन गरेको थियो।
आरएसईटीआइमा शीर्ष राज्यहरू (2014-15 देखि जून 2025 सम्म)
आरएसईटीआइ कार्यक्रम अन्तर्गत उत्तर प्रदेश शीर्ष प्रदर्शनकारी राज्य रहेको थियो, जहाँ सबैभन्दा धेरै प्रार्थीलाई (7,55,966) प्रशिक्षित गर्नका अतिरिक्त सबैभन्दा धेरै उद्यमीलाई (5,54,877) स्थापित गरिएको थियो। प्रशिक्षण अनि स्थापना दुवैमा महत्त्वपूर्ण उपलब्धि हासिल गर्ने अन्य राज्यमा राजस्थान (4,34,478 प्रशिक्षित, 3,19,948 स्थापित), मध्य प्रदेश (4,36,835 प्रशिक्षित, 3,08,280 स्थापित) र कर्नाटक (4,19,299 प्रशिक्षित, 3,05,397 स्थापित) सामेल रहेका थिए।
|
डीएवाई-एनआरएलएम अन्तर्गत उन्नत एवं विपणन प्रशिक्षण
स्वयंसहायता समूहका सदस्यहरू, विशेष गरी महिलाहरूलाई उन्नत प्रशिक्षण एवं विपणन कौशल प्रदान गर्नका लागि सरकारद्वारा उठाइएका कदम यस प्रकार छन् :
- राष्ट्रिय एवं राज्य स्तरीय सरल आजीविका मेला वर्षेनी आयोजित गरिन्छ, जसमा विपणन अनि सम्बन्धित दक्षताको निम्ति विशेष प्रशिक्षण प्रदान गरिन्छ। सबैभन्दा नयाँ मेला 5 देखि 22 सेप्टेम्बर 2025 सम्म नयाँ दिल्लीमा आयोजित गरिएको थियो।
(सरस आजीविका मेला 2025 बारे अरू जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् https://www.pib.gov.in/FeaturesDeatils.aspx?NoteId=155247&ModuleId=2 )
- राष्ट्रिय ग्रामीण विकास एवं पञ्चायतीराज संस्थानले (एनआइआरडी एवं पीआर) डीएवाई-एनआरएलएम अन्तर्गत सहायताप्राप्त स्वयंसहायता समूहका सदस्य अनि ग्रामीण उद्यमीहरूको क्षमता निर्माणका लागि विपणन कौशलमाथि प्रशिक्षकहरूको प्रशिक्षण आयोजित गर्दछ। विगत तीन वर्षमा एनआइआरडी एवं पीआरद्वारा 44 प्रशिक्षण एवं क्षमता निर्माण कार्यक्रम आयोजित गरियो।
निष्कर्ष
डीएवाई-एनआरएलएम भारतमा ग्रामीण गरीबी उन्मूलन अनि महिला सशक्तिकरणको आधारशिला बनेको छ। यसले औपचारिक ऋण, कौशल तथा बजारको अवसरसम्म पहुँच विस्तार गरेको छ, जसबाट स्थायी आजीविका अनि वित्तीय लचिलोपन सम्भव भएको छ। कौशल विकास, उद्यमिता अनि प्रमुख सरकारी योजनाहरूका साथ तालमेल बसाउन केन्द्रित पहलको माध्यमद्वारा एनआरएलएमले आमदानीको स्रोतमा विविधता ल्याउन लगायत अर्थव्यवस्थालाई सुदृढ बनाएको छ। यसको प्रबल निगरानी प्रणाली, शक्तिशाली स्वयंसहायता समूह-ब्याङ्क सम्पर्क अनि क्षमता निर्माण उपायले पारदर्शिता अनि जवाफदेयता सुनिश्चित गर्दछ, जसले गर्दा यो ग्रामीण समुदायमा समावेशी विकास अनि उत्तम जीवन स्तरको एउटा सशक्त वाहक बनेको छ।
सन्दर्भ
ग्रामीण विकास मन्त्रालय
https://static.pib.gov.in/WriteReadData/specificdocs/documents/2023/dec/doc2023126279701.pdf
https://aajeevika.gov.in/home
https://aajeevika.gov.in/what-we-do/institutional-capacity-building
https://darpg.gov.in/sites/default/files/National%20Rural%20Livilihood%20Mission.pdf
https://aajeevika.gov.in/about/goal https://nrlm.gov.in/dashboardForOuter.do?methodName=dashboard
https://sansad.in/getFile/loksabhaquestions/annex/185/AU380_bavCuN.pdf?source=pqals
https://sansad.in/getFile/loksabhaquestions/annex/185/AU2551_O3P2KL.pdf?source=pqals
https://sansad.in/getFile/loksabhaquestions/annex/185/AS138_slGOkB.pdf?source=pqals
https://sansad.in/getFiles/loksabhaquestions/annex/185/AU3714_fGFnWZ.pdf?source=pqals
https://sansad.in/getFile/loksabhaquestions/annex/185/AU380_bavCuN.pdf?source=pqals
https://sansad.in/getFile/loksabhaquestions/annex/185/AU4171_T2uTD0.pdf?source=pqals
https://sansad.in/getFile/loksabhaquestions/annex/185/AU2591_TWzqam.pdf?source=pqals
https://www.pib.gov.in/FactsheetDetails.aspx?Id=149112
https://www.pib.gov.in/PressReleasePage.aspx?PRID=2043778
https://www.pib.gov.in/PressReleasePage.aspx?PRID=2112203
https://msrls.nic.in/sites/default/files/pldsuccess-storiesmeghalaya.pdf
https://asrlms.assam.gov.in/sites/default/files/swf_utility_folder/departments/asrlm_pnrd_uneecopscloud_com_oid_66/portlet/level_2/Guidance%20Note_Krishi%20Sakhi.pdf
https://asrlms.assam.gov.in/sites/default/files/Hand%20Book%20for%20Bank%20Sakhi.pdf
https://asrlms.assam.gov.in/sites/default/files/swf_utility_folder/departments/asrlm_pnrd_uneecopscloud_com_oid_66/portlet/level_2/Guidance%20Note_Pashu%20Sakhi.pdf
https://lakhpatididi.gov.in/about-lakhpati-didi/
https://www.pib.gov.in/PressReleasePage.aspx?PRID=2149656
******
एमपीएस/टीडब्ल्यूबी
(Backgrounder ID: 155662)
Visitor Counter : 3
Provide suggestions / comments